अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 03:41

भारतमा रहेका मुसलमानको सुरक्षाका लागि मुस्लिम राष्ट्रहरुको आह्वान

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:३२ मा प्रकाशित

भारतमा रहेका मुस्लिमहरुको सुरक्षाका लागि ६० इस्लामिक देशहरुको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी)ले अपील गरेको छ । भारतको नागरिकता संशोधन विधेयकका कारण मुस्लिमहरुको सुरक्षा खतरा बढेको भन्दै ओआईसीले ध्यानाकर्षण भएको जनाएको हो । भारतको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै ओआईसीले मुसलमान र उनीहरुको पवित्र स्थलको सुरक्षा गर्न भनेको हो ।

ओआईसीका महासचिव युसुफ बिन अहमद बिन अब्दुल रहमानले निकालेको विज्ञप्तिमा भारतको घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेको र कतिपय घटनाबाट अल्पसंख्यक प्रभावित भएको उल्लेख छ । उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ , ‘नागरिकताको अधिकार र बाबरी मस्जिद मुद्दामा हाम्रो चिन्ता छ । हामी फेरि पनि यो कुरालाई दोहोर्याउँछौं कि भारतमा मुसलमान र उनीहरुको पवित्रस्थलको सुरक्षा सुनिश्चित होस् ।’

संयुक्त राष्ट्र संघको सिद्धान्त र दायित्वअनुसार बिना कुनै भेदभाव अल्पसंख्यकहरुको सुरक्षा गर्न माग गर्दै चेतावनी शैलीमा उसले भनेको छ, त्यसलाई उपेक्षा गरिए सुरक्षा र स्थीरतामा गम्भीर प्रभाव पर्ने छ । भारतले हालै ल्याएको नागरिकता संशोधन विधेयकमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानका गैरमुस्लिम अल्पसंख्यक जसले भारतमा वर्षौंदेखि शरणार्थी जीवन बिताइरहेका उनीहरुलाई भारतीय नागरिकता दिने उल्लेख छ ।

यो विधेयकले मुस्लिम समुदायलाई उपेक्षा गरेको भन्दै भारतभर भएको प्रदर्शन हिंसात्मक हुँदा दर्जनौं ब्यक्ति मारिएका छन् । त्यसअघि अयोध्याको बाबरी मस्जिदको भनिएको जग्गा राम मन्दिरलाई दिने अदालती फैसलाबाट पनि मुस्लिमहरु चिढिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू