अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 03:20

फ्रान्सेली सैनिकको आक्रमणमा मालीमा ३३ बिद्रोहीको मृत्यु

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:३१ मा प्रकाशित

फ्रान्सेली सेनाले मालीमा गरेको कारवाहीमा ३३ जना बिद्रोहीको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले दिएको जानकारी अनुसार बिद्रोहीसँगको झडपमा बिद्रोही लडाकुको ज्यान गएको हो ।

उहाँले आइभरीकोस्टको यात्राको क्रममा यो जानकारी दिनुभएको हो । । केही हप्ताअघि मालीमा हेलिकप्टर दुर्घटनामा १३ फ्रान्सेली सैनिकको ज्यान गएको थियो । मालीमा सन् २०१३ देखि फ्रान्सेली सैनिक तैनाथ छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू