अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 03:21

बेलायती संसदमा ब्रेक्जिटसम्बन्धी विधेयकको पक्षमा मतदान

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:११ मा प्रकाशित

बेलायती संसदले आगामी जनवरी ३१ सम्म युरोपेली यूनियनबाट बर्हिगमन हुने प्रधानमन्त्री बोरिस जोन्सनको योजनालाई समर्थन गरेको छ । संसदले ईयूबाट बहिर्गमन हुने सम्झौतासम्बन्धी विधेयकको पक्षमा मतदान गरेको हो । विधेयकको पक्षमा ३ सय ५८ र विपक्षमा २ सय ३४ मत परेको छ ।

संसदले विधेयकमाथि थप तीन दिनसम्म छलफल गर्ने निर्णय समेत गरेको छ । प्रधानमन्त्री जोन्सनले बे्रक्जिटलाई कार्यान्वयन गर्ने दिशामा थप एक कदम अघि बढेको प्रतिक्रिया दिनुभएको छ । गत हप्ता सम्पन्न आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिव पार्टीलाई बहुमत मिलेपछि बे्रक्जिट विधेयक सजिलैसंग पारित हुने देखिएको छ ।

सरकारले ब्रेक्जिटको लागि तय जनवरी ३१ को समयसीमा भन्दा पहिला नै विधेयकलाई कानुनी रुप दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू