अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 21:45

पिपिएल क्रिकेटमा बुटवल र चितवनको जित

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:२० मा प्रकाशित

बुटवल ब्लास्टर्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । पोखरामा आज साविक विजेता पोखरा पल्टनलाई ८ विकेटले पराजित गर्दै बुटवलले दोस्रो जित निकालेको हो । पोखरा रंगशालामा घरेलु टोलीले दिएको १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । जितसँगै बुटवल ३ खेलमा ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पोखराको यो लगातार तेस्रो हार हो ।

आजै भएको दोस्रो खेलमा चितवन राइनोजले लगातार तेस्रो जित निकालेको छ । एक्स्पर्ट धनगढीलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तेस्रो जित निकालेको हो । पोखरा रंगशालामा चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । जितसँगै चितवनले ३ खेलमा ६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ । धनगढीको यो दोस्रो हार हो ।

प्रतिक्रिया
लोकप्रिय