अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 01:27

सिरियामा हवाइ आक्रमण, २२ जनाको मृत्यु, दर्जनौं घाइते

बिआरटीनेपाल २०७६ पुष २ गते ८:११ मा प्रकाशित

सिरियामा भएको हवाइ हमलामा २२ जनाको मृत्यु भएको छ । इडलिब सहरमा रुसी समर्थक सरकारी सेनाले उत्तर पश्चिम सिरियाको विद्रोहीको अधिनमा रहेको सहरमा आक्रमण गरेको समाचारमा जनाइएको छ । सेनाले गरेको हवाइ हमलामा केही बालबालिकाको पनि मृत्यु भएको छ ।

सेनाले विद्रोहीमाथि कारवाही गर्न गरिएको भनिएको हमलाका कारण इरेली प्रान्तको मारो अल नुमान जिल्लाका दर्जनौ सहर र गाउँलाई निशान बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणका कारण टर्की नजिकै रहेका आन्तरिक रुपमा विस्थापित भएका नागरिकहरु समेत शिविरबाट भाग्न बाध्य भएको बताइएको छ ।

आक्रमण लगत्तै उद्धारकर्मीहरुले घाइते र मृतकका शव एम्बुलेन्समा राखेर अस्पताल पठाउँदै गरेका दृष्य सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए । गत अप्रिलमा टर्कीले सिरियाको सीमा क्षेत्रमा गरेको हवाइ हमलामा एक हजार भन्दा बढीको मृत्यु भएको थियो भने हजारौं सर्वसाधारण विस्थापित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू