अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 20:13

यायोख्खा न्युयोर्कको च्याप्टरले सातौँ अधिवेशन सम्पन्न

बिआरटीनेपाल २०८१ फागुन २१ गते ९:५७ मा प्रकाशित

न्युयोर्क । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका UKROA (यायोख्खा) न्युयोर्क च्याप्टरले आफ्नो सातौँ अधिवेशन १०२५ न्युयोर्क को ज्याक्सन हाइटमा फेब्रुअरी २४ तारीकको दिन भव्यताका साथ सम्पन्न गरेको छ।

अधिवेशनले सन २०२५ देखि सन २०२८ सम्मको कार्यकालको निम्ति अरुण मेवाङ् राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित सत्र च्याप्टर कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ। अधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि, वर्तमान केन्द्रीय सदस्य गरचा राईले समारोहलाई सम्बोधन गर्नु हुदैं हामी किरात राईहरू संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण तथा संवर्द्धनमा हामी नै लाग्नु पर्ने बताउनु भयो । युवा पीढीहरू एक उमेरमा बाहिरको रौनक तिर आकर्षित हुने र सजिलै मन बरालिन सकिने भएको हुँदा आफू सचेत हुन पर्ने बताउँदै अलि उमेर पाकोपन हुँदै जाँदा र हरेक जीवन शैलीहरू मिलाउँदै जाँदा समाजमा घुलिँदै जाँदा बल्ल आफ्नो संस्कार र संस्कृति अनि पहिचान को महत्त्व अझ गहिरो गरी बुझिन्छ, त्यसैले युवाहरू अहिले बाट नै आफ्नो संस्कार, संस्कृतिलाई जीवन्त राख्न सकृय भूमिका मा उभिएर अघि बढ्न सके भविष्य उज्वल हुने कुरा उल्लेख गर्नु भयो ।

संस्थाका संस्थापक सदस्य तथा पुर्व युक्रा न्युयोर्कका अध्यक्ष तथा युक्रा केन्द्रीय उपाध्यक्ष केसव राम राई ले निवर्तमान अध्यक्ष ममता राई नेतृत्व को कार्यसमितिले न्यूयोर्क च्याप्टरको हकमा अहिले सम्मकै उत्कृष्ट र सानमानको काम गरेको भनेर प्रशंसा गर्दै नयाँ कार्य समितिले अझै यो भन्दा माथि छलाङ मारेर जान सक्नु पर्छ भन्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा न्यूयार्क च्याप्टर सल्लाकार गोविन्द राई, कारातेको अन्तर्राष्ट्रिय रेफ्री, जज तथा कराते एसोसिएसनको प्रशिक्षक सेनसेइ पर्खी खालिङ राई र सुकु रुम्दाली राईले पनि आफ्नो मन्तव्य राख्दै नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।

युकेआरओए निवर्तमान अध्यक्ष ममता खालिङ राईले आफुले ३ वर्षे कार्यकाल अवधिमा गरेका कामहरू ऐतिहासिक र किरात राईहरूको हिमायती रहेको बताए । आफुले २०२२ बाट नै केही न केही नयापन दिने प्रयास गर्दै आएको र सम्पूर्ण कार्यसमिति र युक्रा परिवारको एकताबाट यो सम्भव पनि भएको बताउनु भयो ।

आफ्नो पहिलो कार्यकाल सकेलामा युकेओरओएका पाँच वटै च्याप्टरहरूबाट तथा केन्द्रको समेत सहभागितामा र नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका अन्तर्गतका १८ संस्थाहरू, फ़िवना, एनआरएनए, हामी नेपाली ग्लोबल लगायतका अनेकौँ अमेरिकामा रहेका संस्थाका अतिथिहरू बिच भब्य र सभ्य रूपमा सम्पन्न भएको र त्यो साकेलाले यती धेरै माझमा किरात राईहरूले मनाउने साकेलाको अर्थ र भाव के हो ? भन्ने कुरा सबै माझ प्रस्टाउन केही हद सम्म सफल भएको थियो भन्ने स्मरण गराउनुका साथै त्यस्तै दोस्रो वर्षको साकेला पनि अमेरिकन नेपाली संस्थाहरू मध्ये कै पहिलो पटक टाइम स्क्वायरको सहरमा युक्रा न्युयोर्क च्याप्टरले उभौली साकेला सिली कार्यक्रम गरेको र सिटिको तर्फबाट अधिवक्ता द्वय जुमाने विलियम्स र काशिफ हुसेनलाई विशेष अतिथिको रूपमा निमन्त्रणा गरिएको थियो ।

सोही अवसरमा सिटीको तर्फबाट उत्कृष्ट आठ जना साकेला सिली गर्ने र ढोल झ्याम्टा बजाउने कलाकारहरूलाई प्रमाण पत्र काशिफ हुसेनको हातबाट वितरण भएको कुरा पनि जोड्दै साकेला विशेष ऐतिहासिक भएको बताउनु भयो ।

आफुले नेपालमा रहेका संस्थाहरुलाई पनि आर्थिक सहयोग गर्दै र अमेरीकान राईहरू जो नयाँ आयम लिएर अघि बढी रहेको र कडा सङ्घर्ष बाट सफलता पाएका राईहरूलाई सम्मान पत्र दिएर चौसल्ला र उत्प्रेरणा दिने गरेको कुरा उल्लेख गर्दै नयाँ कार्य समितिलाई “किरात राईहरूको संस्कार,संस्कृति र पहिचान बचाउन र पुस्तानतरन को लागी एक सिपाही अर्थात् हाम्रो संस्कृतिको माली हुनु भएको छ” भन्दै आफुले गर्न बाकी छोडेको सपना पुरा गर्नु हुन नयाँ कार्यसमिति सँगै हातेमालो गरेर हरपल किरात राई समुदायको हितको लागी अघि बढ्ने बाँचा गर्दै इतिहासमा नाम लेखाउन सलिलो छैन र सबैले नाम लेख्न सकिने कुरा पनि हैन तर हामीले निरन्तर प्रयास गरौँ भन्दै नयाँ कार्यसमितिलाई चौसल्ला प्रदान गर्नु भयो ।

युकेआरओए न्युयोर्क च्याप्टरका संस्थापक अध्यक्ष, पुर्व केन्द्रीय अध्यक्ष, पुर्व केन्द्रीय महासचिव तथा न्युयोर्क च्याप्टरका वर्तमान सल्लाहकार एवं निर्वाचन आयुक्त प्रभाकर राईले सफलपुर्वक निर्वाचन सम्पन्न गरी अरुण राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर, एक महिला कोअर्डीनेटर सहित १७ जनाको न्यूयार्क च्याप्टर कार्य समितिको घोषणा गर्नु भएको थियो ।

लगातार नयाँ कार्यसमितीहरुलाई खाता अर्पन गरी सर्टिफिकेट नोक्छो पदम बहादुर राईको हातबाट प्रदान गरी निर्वाचन आयुक्त प्रभाकर राईबाट शपथ ग्रहण गराइएको थियो ।

नवगठित कार्यसमितिमा अध्यक्ष अरुण राई, वरिष्ठ उपाध्यक्ष वसन्ती राई, उपाध्यक्ष प्रमल राई, उपाध्यक्ष तेशुराज राई, महासचिव सृजना वाहिङ, सचिव उत्तर थुलुङ राई, कोषाध्यक्ष विनोद चाम्लिङ राई, सह कोष अध्यक्ष मनीषा चाम्लिङ राई बोर्ड सदस्यहरू उधिर राई, निलम राई, दिपेस राई, जेनी महर्जन राई, शान्ति राई, अर्पन राई, मनिराज राई र कल्चर कोअर्डिनेटरमा रोशन राई र महिला कोअर्डीनेटरमा सरिता राई चयन भएका हुन ।

नव निर्वाचित अध्यक्ष अरुण राईले निर्वाचन आयुक्त प्रभाकर राई लाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यावाद दिँदै निवर्तमान अध्यक्ष ममता राई लगायत कार्यसमितिलाई बिदाइ तथा धन्यवाद दिनै जुन कार्यसमितिले आफ्नो समुदायको लागी गरेको योगदानको कदर सम्मान गर्दै आफू आफ्नो भाषा र संस्कृतिको संरक्षणको निम्ति दत्तचित्त भएर लाग्ने बचन वंद्द गर्दै किरात राईहरूको संस्कार, संस्कृति र पहिचानको लागी लाग्नु पर्ने हाम्रो दायित्व रहेको बताउनु भयो । आफुले सक्दो वार्षिक कार्य योजना बनाएर अझै उच्चाईबाट अमेरिकन किरात राईहरूको लागी लागिपर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।

उक्त अधिवेशनमा संस्थाको आय ब्याय विवरण संस्थाका कोष अध्यक्ष नेपाल यात्रामा रहनु भएको हुँदा उपाध्यक्ष कृष्ण प्रसाद राईले दिनु भएको थियो र अधिवेशनको पहिलो सेसन कार्यक्रम महासचिव बद्री कुमार राईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू