अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

गजल

लीलाराज दाहाल २०८१ फागुन ४ गते १९:३५ मा प्रकाशित

कहाँदेखि आएँ तिम्रो शहरमा
म उसै हराएँ तिम्रो शहरमा ।

रहेन मानवता, छ प्रेम कलुषित
चाहना जलाएँ तिम्रो शहरमा ।

न भर भयो न साथ कसैको
रित्तो हात उठाएँ तिम्रो शहरमा ।

रम्न सकेन मन खुसीले कतै
उदास गीत गाएँ तिम्रो शहरमा ।

भएँ साह्रै उजाड र फर्केँ लीला
धेरै हण्डर खाएँ तिम्रो शहरमा ।

बागमती ११, कर्मैया, सर्लाही ।