अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 16:10

क्यान्सर पीडितको संकलित रकम हस्तान्तरण

बिआरटीनेपाल २०८१ माघ २३ गते १२:४१ मा प्रकाशित

न्यु योर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव श्री मुनीन्द्र नेम्बाङको विशेष पहलमा अमेरिकामा क्यान्सर पीडितको लागि सङ्कलन गरिएको ६ लाख ७१ हजार एक सय ८३ रूपैया ४० पैसा राहत रकम यही माघ १९ गते नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद माननीय श्री रामहरि खतिवडा द्वारा पीडितलाई हस्तान्तरण गरिएको छ ।

पाँचथर जिल्ला फाल्गुनन्द -३ का वडा अध्यक्ष एवम् नेका फाल्गुनन्द गाउँ कार्यसमितिका सभापति सुखवीर नेम्बाङका लागि एक अभियान सञ्चालन गरी अमेरिकामा बस्ने नेपालीहरूबाट उक्त राहत रकम सङ्कलन गरिएको कुरा महासचिव नेम्बाङले बताएका छन् । केही महिना देखि प्राण घातक रोग क्यान्सर लागेर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका सुखवीर नेम्बाङको श्रीमती मैयादिवी श्रेष्ठलाई भक्तपुरको क्यान्सर अस्पतालमा नै पुगेर प्रतिनिधि सभाका सांसद माननीय रामहरि खतिवडाले राहत सहयोग रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया