अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 04:36

UNDO नर्थ अमेरिका टाउन हल बैठक सम्पन्न

कृष्ण के सी २०८१ माघ १३ गते ११:४० मा प्रकाशित

क्यालिफोर्निया । जनवरी २५, २०२५ शनिवार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diaspora Organization (UNDO) का बारेमा जानकारी गराउने उद्देश्यले आयोजित नर्थ अमेरिका क्षेत्रका अमेरिका, क्यानडा र चिलीका डायस्पोरा नेपालीहरूसँग टाउन हल बैठक सम्पन्न भएको छ ।

अमेरिका क्षेत्रका क्षेत्रीय उपसभापति शशिचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न छलफलमा संस्थाबारे जानकारी गराउने, जिज्ञासाहरू लिने र जवाफ दिने अन्तरक्रिया समेत सम्पन्न भयो। २०२२ मा काठमाण्डौमा स्थापना भएको यो संस्था नेपालको परराष्ट्र मन्त्रालयमा एनआरएन ऐन अनुसार दर्ता भएको हो।

यूएनडिओ/UNDO ले गत डिसेम्बर २८ र २९, २०२४ मा आफ्नो पहिलो महाधिवेशन काठमाण्डौमा सम्पन्न गरेको थियो। महाधिवेशनले अमेरिकाका सफल व्यवसायी तथा एनआरएनए अन्तर्राष्ट्रियका पूर्व उपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेको छ।

यूएनडिओले संस्थाका अल्पकालीन र दीर्घकालीन योजनाहरू तय गरेको छ। विशेष गरेर नेपालको संविधानमा व्यवस्था भए अनुसारका गैर आवासीय नेपाली सम्बन्धी व्यवस्थालाई पूर्ण रूपमा अधिकार सम्पन्न बनाउन निरन्तर लबी गर्ने, डायस्पोरामा रहेका नेपालीका दोस्रो पुस्तालाई नेपालसँग जोड्न विभिन्न योजना, गतिविधि गर्ने र नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने जस्ता कुराहरू प्रमुख रहेका छन्।

यो छलफलमा UNDO का पदाधिकारी, सदस्यहरू, डायस्पोराका विभिन्न व्यक्तिहरू साथमा जय नेपाल इन्टरनेश्नल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डित, गैर आवासीय नेपाली पत्रकार महासङ्घका अध्यक्ष भगीरथ योगी, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष सूर्य लम्साल, गैर आवासीय नेपाली सङ्घ क्यानडाका अध्यक्ष गिरी बुढाथोकी, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष अनुप खनाल, पूर्व उपाध्यक्षहरू बिआरलामा, डिलुराम पराजुली लगायतका व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू