अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 04:59

कोलोराडोमा संस्थागत सहकार्यका अवसर एवं चुनौती विषयमा अन्तरक्रिया सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०८१ माघ १३ गते ११:०४ मा प्रकाशित

कोलोराडो । रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा हिजो शनिवार जनवरी २५, २०२५ का दिन वेष्टमिनिस्टर अन्तर्गत नेपाली घरमा कोलोराडोमा संस्थागत सहकार्यका अवसर एवं चुनौती विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अर्जुन बगालेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ समाजसेवी नारायण श्रेष्ठ प्रमुख अतिथि र डा. विजयराज शर्मा, रोहिणी शर्मा र डा. विजय थापा विशेष अतिथिको रूपमा आसन गरेका थिए । उक्त कार्यक्रममा कोलोराडोस्थित विभिन्न सङ्घसंस्थाहरूका अध्यक्ष तथा पदाधिकारी, समाजसेवीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विकास त्रिपाठीबाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य सहभागीहरूलाई स्वागत मन्तव्यबाट स्वागत गरिएको थियो भने अध्यक्ष अर्जुन बगालेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

यस अवसरमा सन् २०१८ मा सम्पन्न बालबच्चाहरूको हाजिरी जवाफ प्रतियोगितामा पुरस्कृत र सहभागी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रमुख अतिथि वरिष्ठ समाजसेवी नारायण श्रेष्ठ तथा विशेष अतिथि डा. विजयराज शर्माबाट वितरण गरिएको थियो । बिजयी समुह “देबकोटा”का पुरस्कृत सहभागीहरुमा अयुश श्रेष्ठ, अभिनव चालिसे, सर्थक तिवारी र अरोहन प्रसाइ थिए ।

उक्त अवसरमा विजयदेव अधिकारी, जगदीशचन्द्र ढकाल, नवराज श्रेष्ठ, पदम विश्वकर्मा, विनिशा श्रेष्ठ, मनोज श्रेष्ठ, राज ढुङ्गाना, कुमारजंग कार्की, प्रकाश पौडेल, निर्मला शर्मा, वसन्त लम्साल, टिका पौडेल, कृष्णमुरारी ढुङ्गेल, गंगा चौलागाई, हरि गुरूंगले आफ्नो जिज्ञासा र विचारहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिहरू डा. विजयराज शर्मा, रोहिणी शर्मा, डा. विजय थापा र प्रमुख अतिथि वरिष्ठ समाजसेवी नारायण श्रेष्ठले सहभागीहरूबाट उठाइएका जिज्ञासाहरूको समाधान तथा आआफ्ना धारणा प्रस्तुत गरेका थिए ।

नेपाली सामुदायिक केन्द्रमा आयोजित उक्त कार्यक्रमको अन्तमा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका पूर्व अध्यक्ष टिका पौडेलले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संस्थाका महासचिव आकृति राई अधिकारीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा कोलोराडो निवासी नेपाली समुदायको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू