अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६
| Colorodo: 18:01
डालास । टेक्सस राज्यको युलेस सहरमा निर्माणाधीन पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाका लागि टेक्सस व्यवसायी नरेशराज पाण्डेले एक लाख ११ हजार अमेरिकी डलर सहयोग गरेका छन् ।
वाल अफ अनर हुने क्रममा पाण्डेले यसअघि दान गरेको राशिमा थप दान रकम थप्दै एक लाख ११ हजार अमेरिकी डलर पुर्याएका हुन् । सो रकम दान गर्दै वाल अफ अनर बन्ने उनी दोस्रो सहयोगी हुन् । पहिलो सहयोगीमा व्यवसायी शैलेन्द्र मानन्धरले एक लाख बढी रकम दान गरी वाल अफ अनर बनिसकेका छन् ।
टेक्सस नेपाली समुदाय सामुदायिक केन्द्रसहित नमुना पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा केही वर्ष अघिदेखि निर्माणमा जुटेको छ । मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. प्रेम अधिकारीले सबैको सहयोग रहे परियोजना छिट्टै पूरा हुने विश्वास गरेका छन् ।