अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 15:46

‘लेकबेँसीका सुुगन्ध’ को सुगन्ध र महेन्द्र चालिसेको नियात्रा प्रवृत्ति

गोपी मैनाली २०८१ पुष १६ गते ११:२४ मा प्रकाशित

नेपाली साहित्यमा नियात्रा लेखनको प्रचलन निकै बढेको छ । नियात्राकारहरु आफ्ना रुचिमा यात्रा विवरण लेख्दै आएका छन् । कतिपय यात्राकार भूूगोलको कुरा गर्छन्, कोही भूूगोलभित्र खास अवयव मात्र टिप्छन्, कोही जनजीवन र जीवनशैली लेख्छन्, कोही यात्राका अनुुभूति र आनन्दलाई विषय बनाउछन् । कतिपय चाँही प्रकृति, संस्कृति, जीवनशैली, इतिहास साथ एकैचोटी धेरै कुरा समेट्ने गर्छन् । महेन्द्र चालिसे चाँही पछिल्लो कोटीमा पर्दछन् ।

बालसाहित्यबाट सिर्जना यात्रा शुरु गरेका चालिसेले आख्यान हुँदै नियात्राको यात्रा गरेका छन् । सिर्जनाका हिसावमा ‘लेकबेँसीको सुुगन्ध’ उनको बा¥हांै कृति हो भने नियात्रा साहित्यमा चाँहि तेस्रो । यसअघि दुुई नियात्रा ‘पाँच महादेश छिचोल्दै’, ‘मन्दिर मन्दिर डुल्दै’ प्रकाशित भएका छन् । विषय तथा प्रवृत्तिका आधारमा ‘लेकबेँसीको सुुगन्ध’ ‘मन्दिर मन्दिर घुम्दै’ को दोस्रो र परिमार्जित रुप हो ।

मानिसहरु स्वभावैले भ्रमणप्रिय छन् । भ्रमणप्रियता मानवीय गतिशीलको द्योतक हो । स्वभावैले मानिसहरुमा नयाँ कुरा जान्न, बुुझ््न, सिक्न चाहने खालका हुन्छन् । सबै मानिस जीवनभरि यात्रा गर्छ । कोही भाषा, भाव र भावनामा प्रकाशित हुन्छन्, कोही हुँदैनन् । प्रकाशन सामथ्र्यले यात्रुलाई नियात्राकार बनाउँछ । बेथानचोक, सुर्खेत, रारा, मातातीर्थ, सुपादेउराली, लड्केश्वर, चन्द्रागिरिहरु हामी सबै गएका छौं । सिन्धुपाल्चोकका मानिसले गौराती फटकेश्वर घुमेका होालान, गोकर्णका मानिसले सालीनदी र देशे गाऊँ घुमेकै होलान् । तर सबैको यात्राले अक्षरमा त्रिन पाएनन् । त्यो सामथ्र्य सबैमा छैन, महेन्द्र चालिसेमा छ, त्यसैले उनी नियात्राकार बने ।

यात्राका उद्देश्यले पनि यात्रा स्वरुप र विषयलाई प्रभाव पार्दो रहेछ । हामीमध्ये कोही दर्शन गर्न मात्र ज्वालानाथ वा मौलाकालिका गयौं । कोही दर्शनसाथ रमाइलो गर्ने वा केही कुरा जान्ने सोचका साथ यात्रा गएका हौंला । टोनी हागनले नेपालका भूूगोललाई आफ्नै आशयमा हेरेर रमाए, सिल्भा लेभीले नेपालको इतिहासलाई आफ्नै स्वादमा लिए । दुवैले यात्रा विवरण लेखे, एउटाको भूूगोल बन्यो, अर्कोको इतिहास । हामी सबै हाम्रै भूूगोल र इतिहासमा छौ तर आशय र गहिराइमा भएनौ । त्यसैले यही भएर हामी त्यत्तिकै रमायौं वा अल्मलिऔं । धेरै नेपालीहरु बाहिर गएर अनुभव लेख्छन्, देश घुमेर अनुुभव लेख्ने धेरै क्रम पछि मात्र भएको हो । किन हाम्रै घर आँगन, हिमाल, नदी, पाखा पखेरा हाम्रा यात्राका साछी, यात्राका बाटो, मुकाम भएर यात्रामा लेखिन सकेनन् ? यसको पनि मान्य जवाफ छैन । तर हामीबाटै हामी कम प्रभावी हुन्छौं, त्यसैले लेख्ने प्रेरणा अलि परको विषयले पार्छ, अलि परको अनुुभवले मथिङ्गल विथोल्छ । लेखिए पनि नलेखिए पनि, बढी वा कम प्रभाव परेपनि प्रत्येक यात्रा अनुुभवको यात्रा हो, त्यसैले तिनले अनुुभूति पाउने गर्दछन् ।

यात्रा बर्णन गर्ने चलन निकै पुरानो हो । पूर्वीय दर्शनमा श्रुुति÷स्मृतिका रुपमा पनि यात्रा बर्णन भएका पाइन्छ । यायावरका कथाहरु पाइन्छन् । पश्चिमी साहित्यमा पनि यसको इतिहास लामो छ । ‘दी इपिक अफ गिल्गामेश’ चारहजार बर्षअघि लेखिएको थियो भनिन्छ । त्यतिवेला छापाखाना थिएन, अक्षर टङ्कनको समस्या रहने नै भयो । जेहोस उरुकका सम्राट गिल्गामेशको यात्रा र यात्राको क्रममा उनको जंगली मानिस ‘इन्कीदु’ संगको साथित्वको रोचक बयान काव्यमा गरिएको छ ।

होमरको ओडेसी, दातेको डिभाइन कमेडी यात्राका प्रख्यात काव्यिक प्रस्तुुति थिए । सम्राट अशोक धर्म प्रचारमा यात्रा गरेका थिए । यी यात्रा बर्णन ठूला मानिसका साहसिक÷धार्मिक कथा थिए । त्यतिबेला साहित्य, कला आदि यस्तै ठूला व्यक्तिका महानतम काममा लेखिएका हुन्थे, सर्बसाधारणको जीवनमा ओर्लिएको थिएन । सर्वसाधारणहरु सिर्जनाका पात्रभन्दा पनि उपभोक्ता थिए ।

प्राचीन नेपालमा जतिवेला सिद्धार्थ गौतम बुद्धत्वको साधनमा थिए, त्यसै समयतिर चिनीया अन्वेषण एवम् धार्मिक चिन्तक कन्फुसियसले सुधारको अभियान थालेका थिए । कन्फुसियसले इशापूर्व छैठौ शताव्दीमा गरेको यात्रा बर्णन इतिहासमा विख्यात छ । त्यस्तै चिनीया यात्री ह्वेन साङको यात्रा पनि इतिहास बन्यो । भलैकी दुवै चिनिया यात्रीहरु संस्कृति र खोजको यात्रामा थिए । यस्ता घटनाले यात्रा बर्णनको अर्को पाटो उ¥घायो ।

फ्रेन्च विचारक÷अन्वेषक आलेक्सी डी टुकभेली १८३१ ईश्वी सन्मा अमेरिकाको प्रजातन्त्र अध्ययन गर्न त्यहाँको यात्रा गरे । उनले लामो अध्ययनको क्रममा विधिद्वारा व्यवस्थित अमेरिकी स्वतन्त्रताको खुलेर प्रशंसा गरेका थिए । उनको किताव ‘डेमाक्रेसी इन अमेरिकी’ राजनैतिक दर्शनका रुपमा विख्यात छ । यस पछि यात्रा बर्णनले एउटा मोड पार ग¥यो । विषयवस्तु, घटना र चरित्रहरु बेगल रुपमा प्रस्तुत भए । सर्बसाधारणहरु पनि यात्राका पात्र बन्न पुुगे र जनजीवनसम्म यात्रा बर्णन तन्किन थाल्यो ।

संस्मरण र आत्मानुुभूतिले नियात्रा साहित्यमा विशेष स्थान राखेको पाइन्छ । जोहन व्यूनानको ‘पिल्ग्रिम्स प्रोग्रेस’ मा आत्मिक यात्राको कलात्मक प्रस्तुती छ । त्यस्तै जोनाथन स्वीप्mटको ‘गुलिभर्स ट्राभल’ यात्राको उत्कृष्ट प्रस्तुती हो । दुवै कृति संस्मरण, आत्मानुुभूति र कल्पनाको कलात्मक प्रस्तुुति हुन् । तर यी विशेषतामा मात्र नियात्रा साहित्य सीमित रहेन । यो गतिशील अस्तित्वको अभ्यासमा अगि बढिनै रह्यो ।

सामान्यतः संस्मरण, आत्मवृतान्त र भ्रमणलाई संयोजन गरेर नियात्रा लेख्ने चलन छ । मार्क ट्वीनको ‘हकलवरी फिन’, जोहन ब्यूनानको ‘पिल्ग्रीम्स प्रोग्रेस’, मार्क ट्वीन कै ‘दी इनोसेन्ट एव्रोड’ यात्रामा आधारित काव्य थिए । यी विशुद्ध नियात्रा थिएनन् । यी कृतिमा तथ्यभन्दा पनि कल्पना, अनुुभव र यात्राको समायोजन छ । तथ्यलाई अनुभूति र शिल्पले सिँगारेपछि साहित्य बन्न पुुग्यो । होइन भने यो खोज, इतिहास, दर्शन मात्र बन्नसक्थ्यो । लेकबेसीको सुुगन्ध लेभीको इतिहास, हागेनको भूूगोल, व्यूनानको धर्म र साहित्यकारको शिल्पलेसले नियात्रा साहित्य बनेको हो । गुरुप्रसाद, ताना, विकल, विजयले जसरी घटना र बस्तुुलाई मथिंगलमा अनुुभूतिसाथ मथे, महेन्द्रले पनि त्यसै गरेका छन् ।

नियात्राकार यात्राका घटना, भाव, तथ्य र दृष्टिबिन्दुुको संयोजन गरेर नियात्रा लेख्छन् । लेखकीय आत्मीकरण, पाठकीय प्रत्यक्षीकरण र तेस्रो कुराको प्रभावोत्पादन (आनन्द, अन्वेषण, सन्देश) को त्रिवेणीमा नियन्त्रा रहन्छ । महेन्द्रको ‘लेकबेँसीको सुुगन्ध’ मा पनि त्यही पाइन्छ । कुनै यात्रामा अन्वेषण बढाी होला, कुनैमा आनन्द वा कुनैमा सन्देश । तर उनका यस सङ्ग्रहमा सङ्ग्रहित २२ वटै नियात्रा लेख्नका लागि लेखिएका छैनन् ।

नियात्राको थोरै चिफार गरौं । मानिसहरुको घुम्न चाहने नैसर्गिक इच्छा प्रत्येक यात्रामा देखिएको छ । किन घुम्न गएका होलान भनेर हेर्दा घुम्नुमा आनन्द भेटिन्छ, साथीत्व देखिन्छ, मानवीयत्व देखिन्छ, ज्ञान निर्माण देखिन्छ, अनुुभव देखिन्छ, खोज देखिन्छ । हेर्दा ‘गौराती’ वा ‘नारायणस्थान’ गएको देखिन्छ, तर ती यात्राभित्र धेरै यात्रा उत्प्रेरक (जर्नी स्टीमुलेटर) छुपेर रहेका छन् ।

यात्राको उद्देश्य जे भएपनि, उत्प्रेरक जे देखिएपनि पढ्ने हामीहरु भने प्रथम दृष्टिमा धार्मिक–सांस्कृतिक विषय केन्द्रित देख्छौ । खाडादेवी, नारयणस्थान, गढीमाई, दुप्चेश्वर, सालीनदी, बज्रयोगिनी, तारेकेश्वर, भालेश्वर, मनकामना, महेश्वर आश्रम, ज्वालानाथ, सुपादेउराली, गौराती, लडकेश्वर, पलाञ्चोकमाई, गङ्गामाल, मातातिर्थ, गोकर्ण देशें गाउँहरु सबै धार्मिक–सांस्कृतिक स्थल हुन् । विपी सग्राहलय र बुलबुल ताल मात्र गैरधार्मिक छन्, तर ती पनि गैरसांस्कृतिक भने होइनन् । आस्थाका दृष्टिमा त ती पनि धार्मिक स्थल नै हुन् । धार्मिक–सांस्कृतिक भन्दैमा केवल धर्म–पूजापाठमा सीममत छैनन्, जीवनचर्याको धेरै कोणहरु पनि त्यहाभित्र छन् । धार्मिक–सांस्कृतिक स्थलको धेरैजसो छनोट पहिचान–प्रचारमा कम रहेका, ओझेलमा परेकाहरुले प्राथमिकता पाएका छन् । जस्तो कि खाँडादेवी मन्दिर, दुुर्गाघाट स्थित विश्वामित्रगुफा, फट्केश्वर आदि । यसबाट धार्मिक सांस्कृतिक स्थललाई न्यायभाव राखेको देखिएको छ ।

मानिसहरु यात्रा गर्न चाँहि चाहँदा रहेछन् तर समयले तत्काल सम्मति दिदो रहेनछ । चालिसेको यात्राको योजना पनि त्यस्तै छन् । केही प्रयासपछि मात्र यात्रा शुरु भएका छन् । तर जव यात्रा शुरु हुन्छ, त्यसपछि भने ती रोचक, प्रभावपरक र साहसिक छन् । यात्रालाई जानकारीले प्रभाव पार्छ । सही सूचनाले यात्रामा यात्रुको क्षमता, उमेर जस्ता विषयलाई प्रभाव पार्छ भन्ने देखिएको छ ।

महेन्द्रले नेपालका यस्ता यात्रास्थल छानेका छन्, ती आफैमा आफ्ना विषयका धरोहर हुन् । नारायणस्थान दृश्यावलोकनको धरोहर हो, प्राकृतिक टावर हो, जहाबाट सिन्धुली, मकवानपुर र मधेशका दृश्यहरु अवलोकन गर्न सकिन्छ । रारा, काँक्रेविहार, रारा, महेश आश्रम, वीपी सग्राहलय लगायत सबै आफ्ना विशिष्टताका धरोहर हुन् ।

यात्राको क्रममा के पनि देखिन्छ भने प्रकृतिले मानिसलाई सबै कुरा एकैचोटि हेर्न दिदैन । प्रकृति र यात्रीको लुकामारी पनि चल्दोरहेछ । वेथानचोक नारायाणडाँडामा उनीहरुलाई तराईको समथर भाग र विहारको रेल हेर्न वादलको पर्दा लाग्यो । यात्राहरु एकैचोटि सकिदैन, पटक पटक गर्नुपर्छ भन्ने सङ्केत पनि नियात्राबाट पाइन्छ ।

यात्रामा देखाइएको विषय नेपालीहरुको सदाशयता, साथित्व र सह्ृदयता पनि हो । वरियारपुरको यात्रामा यात्रुहरु यात्रा गरिहेका छन्, तर बाटोमा नारायण जोशीको भान्जा, बद्री पौडेलको छोरा र तारा जोशीकी मामाकी छोरी उर्मिलाको आतिथ्य सत्कारले नेपालीहरुको संस्कारलाई देखाइएको छ । अन्य यात्रामा पनि यस्तै देखिन्छ । नचिनेका मानिसले पनि आतिथ्यभाव राखेका छन् ।

नियात्रा पढ्दा नियात्रा आफै ट्राभल गाइडजस्तो देखिन्छ र नियात्रालाई त्यसले गाइड गर्छ । यसैका कारण यात्रा सहज पनि छ र यात्रामा कौतुहल पनि छ । त्यही कौतुहल पाठकसम्म आइपुुग्छ र यात्राको समानुुभूतिमा पुुग्छ । नियात्राकार आफ्नो यात्राको वर्णनसाथ पाठकलाई आफ्नै अनुुभूतिमा त्यहाँ पुु¥याइरहेका छन् ।

यात्रा शुरु हुनु अघि नै यात्रीमा एक्साइटमेन्ट छ । यात्रुहरु एक्साइटमेन्टमा पुुगेनन् भने यात्रा सामान्य बन्छ, दैनिकी जस्तै बन्दछ । २२ वटै यात्रामा यात्रुहरु उत्साही छन् । तारकेश्वर महादेव र पाँचमानेको यात्रामा अम्विका भन्छिन् ‘त्यो दिन लाग्ने खाना सबै म बनाउँछुु ।’ योजना नै नवनी खानेकुरा तयारी गर्ने हुटहुटीले उच्चतहको यात्रा उत्साहलाई देखाउँछ । प्रायतः बालवयमा यस्तो एक्साइटमेन्ट हुन्छ । यात्राका साहभागीहरु यात्रा क्रममा बालवयसम्म पुुगेको देखिन्छ ।

नियाहरु यात्रा मात्र गर्दैनन्, खोज, अन्वेषणपनि गरिरहेका छन् । आर्यसंस्कृति, हिमवत्खण्डका तथ्यहरु, वैदिक, पौराणिक ऐतिासिक तथ्यको खोजी गर्दछन् । जस्तो कि चन्दागिरि डाँडा र भलेश्वरको मन्दिरमा ऐतिहासिक र पौराणिक तथ्य छ, नारायाणस्थानमा महाभारतकालीन तथ्य छ । लोकलय र भाकाको खोजी छ, यात्रुहरु ‘सुर्खेत बुलबुल ताल, मै सानो हुनाले छुट्यो माया जाल’ मा रमाउन पुुग्छन् । जाती–प्रजाति र भूूगोलका तथ्यहरु छन् । नियात्राकार जुन स्थानमा पुुग्छन्, त्यही ठाउँको सबैभन्द ठूलो महत्व देखाउन चुक्दैनन् ।

पिताश्री रमेश विकल जसरी नै स्थानीय रंग संयोजन (लोकल कलर कम्विनेशन) मा नियात्राकार महेन्द्र चालिसे खप्पिस छन् । मातातिर्थमा पनि, सर्खेतमा पनि, गौरातीमा वा लड्केश्वर जहाँ पुुगेपनि स्थनीयतासंग लफ्रक्क भिज्ने गर्दछन् । स्थानीय भाषा, जाती, भूूगोल, प्रकृति र भाषाभाषीलाई सकेजति उठाएर यात्रास्थलको भर्जिननेश (स्वच्छता) कायम गरिएको छ । पहिचानको खोजी र स्थापना पनि यसैमार्फत गरिएको छ ।

नियात्रा पढ्दा यो संस्कृति अभ्युत्थानको अभियान जस्तो पनि देखिन्छ । ‘मातातिर्थ जाऔ, आमाको मुख सम्झिऔ’ बाचुन्जेल आमालाई माया नगर्ने आमा मरेपछि मातातिर्थ गएर आमाको मुख हेर्न कुण्डमा डुवुल्की मार्ने विकृत संस्कृति विस्थापन गरी नेपालीको मौलिक संस्कृति स्थापन गर्न खोजिएको छ । आमा जति ठूलो सृष्टिको ईश्वर छैन, मातातिर्थ जति ठूलो तीर्थस्थल छैन भन्ने सन्देशले हराउन खोजेको संस्कृति स्थापना गर्न खोजेको स्पष्ट छ ।

नियात्रामा किम्वदन्ती, कहावतहरु व्युुझाउन खोजिएको छ । प्रत्येक नियात्रामा प्राचीन कहावत र केही किम्वदन्तीहरु उठाइएका छन् । सचेत यात्री, अझ भनौ सचेत नागरिकले आफ्ना जीवनका अभिन्न भागमा रहेका कहावत, स्मृति, श्रुतिहरु हराउलान कि भन्ने चिन्तामा रहन्छन् ।

महेन्द्र चालिसका नियात्रामा देखिने स्थायी विषय भनेको यात्राको स्थायी संरचना छ, स्थायी योजना छ, स्थायी जस्तै १०–१२ जति साथी छन्, कुराकानीको पनि एउटा स्थायी आवृत्ति छ । सबै यात्रामा उनी धर्मपत्नीसाथ छन् । शायद यीनै कुराले पनि नियात्रालाई विशेष र वेगल पनि बनेको छ ।

यात्रा एउटै भएपनि धेरै कुरा जान्न सकिन्छ भन्ने पनि ‘लेकवेसीका सुुगन्ध’ ले देखाएको छ । यात्री घुम्न गएका छन्, तर खोज अन्वेषण छ, । जान्ने एउटा उद्देश्य छ, आलेक्सी टुकेवेलीको जस्तै । देउतीमता वा गंगामालाको बर्णन गर्दै जाँदा डोल्पा, रोल्पा, सुर्खेत, सल्यानमा रहेका केशमाला, रतनमाला, रुद्रमाला चर्तुमाला, राममाला सबैको नालीबेली छ ।

एउटा विशेषता नजिकका सम्पदा र धरोहरमा हामी धेरैको ध्यान पुुग्दैन । तर महेन्द्र चालिसेका नियात्रामा गोकर्ण, सालीनदी, तारेकश्वर जस्ता समीपका मूर्त–अमूर्त सम्पदाहरुले पहिचान पाएका छन् । यसले अरु नियात्राकारलाई पनि बाहिर र परका सम्पदामात्र महान होइनन्, नजिकका पनि महान छन्, तिनलाई नभूल भन्ने पनि बताएको छ ।

नियात्रा पढिसक्दा एउटा कुरा कुरा पनि अनुभूति हुन्छ भने गोकर्णमा महेन्द्र चालिसेको नियात्राको समूह छ र त्यो यिमति रुपमा यात्रामा रहन्छ । प्रत्येक महिना २६ गतेभित्र टोलीनेतालाई नाम टिपाई सक्नुपर्छ । त्यो समूह नियमित रुपमा मनोरञ्जन, साथीत्व र खोजका लागि यात्रामा हिडिरहन्छ ।

यात्रा संस्मरणमा केही कुरा खट्का विषय पनि छन् । सङ्ग्रहका सबै विषयहरु संस्मरणात्मक आलेखहरु हुन्, अनुुभूति र दृष्टिकोण पक्ष निकै कम छ । यस अर्थमा यसलाई नियात्रा नभनीकन यात्रा संस्मरण भनिएको भए उपयुुक्त हुन्थ्यो । त्यस्तै अभिव्यक्ति शैली संवादमूलक छ, अनुुभूूतिको प्रस्तुुतिलाई बर्णनात्मक, विश्लेषात्मक र आवश्यक स्थानमा विम्वात्मक बनाइको भए अरु प्रभावोत्पादक हुुनेथियो ।

प्रकाशक सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बरिष्ठ साहित्यकार बाजुरम पौडेलको भनाइसंग सहमत हुँदा उनको लेखनीमा कूल, बंश, समाज र परिवेशको प्रभाव छ, कथा विधामा सामाजिक विकृतिको उत्खनन छ । नियात्रामा अनुुभूति विश्लेषण क्षमता, विषयको छनोट र त्यसप्रतिको प्रस्तुति र सम्प्रेषण भिन्न प्रकारको छ । शैली फरक छ । विषय सामान्य छन्, तर सामान्यतिाभित्र घनत्व भने गहिरो छ ।

संरचनागत रुपमा बोझिला छैनन् । नियात्राले ज्ञान र शिक्षाको प्रवाह, दृश्यविम्बन, दृश्यमाथि दृष्टिकोण, खोज र अन्वेषण गरेको छ । बोलिचालीको भाषा र सरल प्रस्तुति छ । महेन्द्रको यात्रा संस्मरण धार्मिक–सांस्कृतिक विषयतर्फ मात्र केन्द्रित हुँदै, नेपाली पाखा–पखेरा, हिमाल–पहाड–तराई र लेक–बेसी छरिएका छन् । यसर्थ ‘लेकबेँसीको सुुगन्ध’ नियात्रा साहित्यको छुट्टै सुवास बन्न सफल छ ।

– मैनाली निवास, क्षितिमाज मार्ग,
शङ्खमूल, काठमाडौं ।