अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 02:26

प्रमीला रिजाल साउथ एसियन ब्रिलायन्स अवार्डबाट सम्मानित

बिआरटीनेपाल २०८१ पुष ८ गते १२:५४ मा प्रकाशित

काठमाडौँ । South Asian Regional Countries Brilliance Award and Cultural Submit 2024 बाट कलाकार, मोडेल तथा नृत्य निर्देशक प्रमीला रिजाल सम्मानित भएकी छिन । रिजाल डेढ दशकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील छिन। एभरेष्ट नेपाल कल्चरल ग्रुपमा आबद्ध रिजाल आफ्नो प्रस्तुति दिन अमेरिकाबाट आफ्नो यात्रा प्रारम्भ गरेकी रिजाल पोल्यान्ड, स्पेन, पोर्तुगल, ग्रीक, नर्वे, इस्टोनि, फ्रान्स, बेल्जियम, नेदरल्यान्डस्, जर्मनी, टर्की लगायत विश्वका २0 भन्दा बढी देशहरूमा आफ्नो कला मार्फत यात्रा गरिसक्नु भएको छ ।

World Books of Star Record को आयोजनामा भएको यस अवार्ड कार्यक्रममा दक्षिण एसियाली राष्ट्रको सम्मानित व्यक्तिहरूको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व उपसभामुख इन्दिरा राना मगरले विभिन्न पेसामा आबद्ध दक्षिण एसियाली राष्ट्रका दिग्गज ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको बताउनु भयो। पूर्व उपसभामुखले प्रमीला रिजाललाई अवार्ड प्रदान गर्दै गर्दा मुक्त कन्ठले प्रमीला रिजालको प्रस्तुतिको प्रशंसा गर्नु भएको थियो ।

नेपालमा अवार्ड कार्यक्रम आयोजनाको उपलक्ष्यमा कलाकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रमीला रिजाल लगायतलाई विभिन्न पेशामा आबद्ध विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको जानकारी दिनु हुन्छ World Books of Star Record संस्थाका संस्थापक निर्देशक डा. राजीव पल ।

काठमाडौँको नेपाल भारत मैत्री पशुपति धर्मशालामा भएको आजको कार्यक्रम प्रतिष्ठित व्यक्तिहरूले शुभकामना मन्तव्य समेत दिएका थिए। बुद्धिजीवी,पत्रकार,समाजसेवीहरूको बाक्लो उपस्थितिका बिच कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय