अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 09:54

साहित्य साँझ सम्पन्न

लेख काफ्ले २०८१ पुष ३ गते १६:१२ मा प्रकाशित

म्याडिसन, अमेरिका । संयुक्त राज्य अमेरिकाको बिस्कनसिन राज्यस्थित म्याडिसनमा रहेका नेपालीहरूको संस्था नेपाली अमेरिकी मैत्री संघ (नाफा) ले साहित्य साँझ सम्पन्न गरेको छ । संस्थाको १८ औँ साहित्य साँझ वरिष्ठ गीतकार आनन्द अधिकारीको प्रमुख आतिथ्यता तथा नाफाका अध्यक्ष आविष्कार भारतीको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा साहित्यकार स्व. विजय मल्लकी सुपुत्रीहरू वन्दना मल्ल, सिर्जना मल्ल र अर्चना मल्लले प्रयोजन गर्नुभएको विजय मल्ल कविता प्रतियोगिता पुरस्कार तथा समाजसेवी स्व. कृष्णदास मल्लकी सुपुत्री धन मल्लले प्रयोजन गर्नुभएको नाफा बाल साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो ।

कविता प्रतियोगिताका लागि निर्णायकहरूमा बाह्य निर्णायकको रूपमा गीतकार/कवि आनन्द अधिकारी, कवि वसन्त श्रेष्ठ र कवियत्री रीना चौधरी तथा आन्तरिक तर्फ कवि डा. हेमन्त श्रेष्ठ, कवियित्री धन मल्ल श्रेष्ठ र कवि कृष्ण सिजापति रहनुभएको थियो ।

उक्त कार्यक्रममा २० जना सहभागीमध्ये १६ जनाले प्रतियोगितामा भाग लिनेका तर्फबाट नरेन्द्रराज रेग्मी प्रथम, सन्तोषी भण्डारी द्वितीय र डा. अजित घिमिरे तृतीय स्थान हासिल गर्नुभएको थियो । २१ जना बालबालिकाहरू समेतले सरस कविता वाचन गरेको सो कार्यक्रमको सञ्चालन लेख काफले, असीम घिमिरे र जुना रिजालले गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा वरिष्ठ गीतकार आनन्द अधिकारीले आफ्ना दुई कविता वाचन गर्नुको साथै विदेशी भूमिमा नेपाली साहित्य र सङ्गीतको संरक्षण र प्रबधनमा प्रवासी नेपाली समुदायले गरेको कामको खुलेर प्रशंसा गर्नुभएको थियो।

यस साहित्य साँझका संयोजकमा लेख काफले र पर्वत रेग्मी सहसंयोजक रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय