अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 22:15

गढीमाई मेला सकियो, दर्शनार्थीको भीड कायमै

बिआरटीनेपाल २०८१ मंसिर ३० गते ५:३२ मा प्रकाशित

औपचारिक रुपमा आजदेखि बाराको गढीमाई पञ्चवर्षीय मेला सकिए पनि गढीमाई मन्दिरमा दर्शनार्थीहरुको आउने क्रम रोकिएको छैन ।विगतमा पशुबलि पछि सकिने मेला यस पटक बलि सकिएको एक साता बितिसक्दा पनि मंदिर परिसरमा हजारौ श्रद्धालुको घुइँचो लाग्ने क्रम नरोकिएको हो ।बलिको चर्चा र मंदिरको गाथाले प्रसिद्ध गढीमाईमा माघे सङ्क्रांतिका एक दिन रांगा बाहेकका छुटेका अन्य पशुको बलि हुने हुँदा सोही दिनसम्म मंदिरमा बाक्लो भीड रहने मेला आयोजक समितिले जनाएको छ ।

मंसिर १ गतेदेखि शुरु भएको मेलामा १५ गतेदेखि बलिको तेस्रो दिनसम्म दैनिक १० लाखभन्दा बढी भक्तजनले सहभागिता जनाएको र हालसम्म करोड बढी दर्शनार्थीको सहभागिता रहिसकेको समितिको दाबी छ । बलि पछि पनि दर्शनार्थीको भीड मन्दिरमा निरन्तर दखिएपछि गढीमाईका मुल पुजारी मंंगल चौधरीले यस पटकको जस्तो दर्शनार्थीको भीड आफुले आजसम्मैै नदेखेको बताउनुभयो । गढीमाईसँग भाकल माग्ने र पूरा भएपछि पशुबली चढाउने परम्पराले बढाएको मेलाको हर्षोल्लास नेपालकै सांस्कृतिक सम्पदाको रुपमा स्थापित बन्न पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू