अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 07:55

एकीकृत समाजवादीको बैठक लम्बियो

बिआरटीनेपाल २०८१ मंसिर ३० गते ४:४१ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी लम्बिएको छ । आइतबार वार्षिक कार्ययोजसहित नेताहरूको कार्यविभाजन गरेर बैठक सक्ने भनिएपनि नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिन पुगेको हो ।

महासचिव घनश्याम भुसालले पेस गरेको ‘कार्ययोजना प्रस्ताव’माथि आइतबार बेदुराम भुसाल,रामकुमारी झाँक्री,विरोध खतिवडा, हरि पराजुली,शत्रुधन महतो र रामचन्द्र यादवले आआफ्नो धारणा राखेका छन् । धाराणा राख्न बाँकी बंशीधर मिश्र, श्रीप्रसाद साह, भरत श्रेष्ठ,प्रमेश हमाल,घनेन्द्र बस्नेत, घनश्याम भुसाल, माधव नेपाल र धर्मनाथ साह रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

‘बोल्ने क्रम आज नसकिने भएकाले कार्यविभाजन भोलीको बैठकमा मात्र हुने भएको छ’, खतिवडाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू