अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 07:51

मनकामना केबलकारको सेवा भोलि र पर्सि बन्द हुने

बिआरटीनेपाल २०८१ मंसिर ३० गते ४:३९ मा प्रकाशित

मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि भोलि पुस १ र पर्सि २ गते सेवा बन्द गर्न लागिएको जानकारी दिनुभयो । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको र मर्मतपछि पुस ३ गते बुधवारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताउनुभयो ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक २०५५ साल मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू