अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 00:46

संविधान संशोधनका नाममा पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य हुँदैन : बाबुराम

बिआरटीनेपाल २०८१ मंसिर २९ गते ६:५४ मा प्रकाशित

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले वर्तमान उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा उहाँले ठूलो आन्दोलन र मिहिनेतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले संविधान सहमतिको दस्तावेज भएकाले जनताको अधिकार स्थापित गर्नका निम्ति सबैको सहमतिमा संशोधन गर्न सकिने बताउनुभयो । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उहाँको भनाइ थियो । भट्टराईले मुलुकको स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधन गर्दा विभिन्न शक्तिलाई खेल्ने ठाउँ दिन नहुने उहाँले बताउनुभयो । लडेर बनाएको जनताको संविधान बचाउनका निम्त सबै एक हुनुपर्ने भट्टराईले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू