पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो ।पूर्वप्रधानन्यायाधीश कार्कीले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताउनुभयो । उहाँले संविधान संशोधनको बेला नभइ उपयोगको बेला भएको बताउनुभयो । अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनैपनि संविधानले देश विकास गर्न नसक्ने बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश कार्कीले वर्तमान संविधानमा भाषा नमिलेको देखिएपनि शुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताउनुभयो । शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको बताउनुभयो । पूर्वन्यायाधीश कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताउनुभयो । उहाँले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको बताउनुभयो । उहाँले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानव अधिकारको उल्लंघन भएको बताउनुभयो ।