अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 02:11

भारतको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ६ को मृत्यु

बिआरटीनेपाल २०८१ मंसिर २८ गते ६:०८ मा प्रकाशित

भारतको तमिलनाडुको एक अस्पतालमा लागेको भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । तमिलनाडुको डिंडीगुल जिल्लामा रहेको निजी अस्पताल लागेको आगोमा कम्तिमा ६ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

स्थानीय, प्रहरी र अग्नीनियन्त्रकको सहयोगमा आगो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीपछि अस्पतालको लिफ्टमा रहेका सबै मानिस बेहोश भएका थिए । विद्युत शट भएका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू