अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 12:01

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बिआरटीनेपाल २०८१ मंसिर २७ गते ५:५८ मा प्रकाशित

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।इजलासले यसअघि १५ दिनका लागि थपिएको म्याद सकिएपछि बिहीबार प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएकोमा जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

प्रहरीले लामिछानेको बयान अझैनसकिएको भन्दै ९ दिन म्याद थप्न माग गरेको थियो । गत कात्तिका २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका लामिछानेको आजसंगै छैटौँ पटक म्याद थपिएको हो । लामिछानेसँगैै छविलाल जोशी, गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि ५ दिनको म्याद थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू