अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 01:59

दक्षिणी सुडानका ७६ प्रतिशत नागरिकको वार्षिक आम्दानी १ सय ५ अमेरिकी डलर मात्रै

बिआरटीनेपाल २०८१ मंसिर २६ गते ६:५४ मा प्रकाशित

दक्षिणी सुडानका ७६ प्रतिशत नागरिकको वार्षिक आम्दानी एक सय पाँच अमेरिकी डलर मात्रै रहेको एक तथ्याङ्कले देखाएको छ । विश्व बैंकको एक रिपोर्टअनुसार दक्षिणी सुडानका एक करोड २० लाख मानिसले वर्षेनि एक सय पाँच डलर मात्रै आम्दानी गरिरहेका छन् । यो तीन लाख ५८ हजार सुडान पाउन्ड हुन आउँछ ।विश्वको सबैभन्दा कान्छो देशका रूपमा रहेको दक्षिण सुडानले अहिले चर्को मूल्यवृद्धि, भोकमरी र अभावको सामना गरिरहेको छ । दक्षिण सुडानका लागि विश्व बैंकका देशीय निर्देशक चार्ल्स अन्डेल्यान्डले कमजोर शासन, आर्थिक अवसरको अभाव, उच्च खाद्य मूल्य र द्वन्द्वले देशमा गरिबी र कुपोषण तथा विभिन्न रोगको जोखिम बढाएको बताउनुभएको छ ।

हिंसा र राजनीतिक अस्थिरताका साथै बारम्बार हुने प्राकृतिक प्रकोपहरूले गरिबी र भोकमरी बढाएको हो । देशको सबैजसो ग्रामीण क्षेत्रका नागरिक खानाकै लागि सङ्घर्ष गरिरहेका छन् । दक्षिण सुडानका नीति निर्माताहरूले चरम गरिबी र खाद्य सुरक्षालाई सम्बोधन गर्नका लागि दिगो र नीतिगत हस्तक्षेपको डिजाइन गरेर कार्यान्वयन गर्नुपर्ने विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू