अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 00:13

अमेरिकाले रुसबाट जफत सम्पत्तिको नाफाबाट युक्रेनलाई २० अर्ब डलर दियो

बिआरटीनेपाल २०८१ मंसिर २६ गते ६:२० मा प्रकाशित

अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिको कोषको नाफाबाट युक्रेनलाई २० अर्ब डलर सहयोग गरेको छ । अमेरिकाले २० अर्ब डलर विश्व बैंकको कोषमा जम्मा गरिसकेको र विश्व बैंकमार्फत त्यो रकम युक्रेनलाई उपलब्ध गराउने अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।येलेनले रुसबाट जफत गरेको सम्पत्तिको नाफाबाट उसैको आक्रमणको सामना गर्न युक्रेनलाई रकम दिनु भनेको रुसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने सन्देश रहेको बताउनुभएको छ ।

गएको जुनमा जी–सेभेन समूहका सदस्य देशहरूले रुसबाट जफत गरेको सम्पत्तिको कोषबाट युक्रेनलाई ५० अर्ब डलर दिने घोषणा गरेका थिए । त्यही घोषणाअनुसारको एक भाग अमेरिकाले उपलब्ध गराएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सहयोगलाई अमेरिकी स्रोतमा बोझ भनेर टिप्पणी गरेको सन्दर्भमा कार्यकाल सकिन लागेको जो बाइडेन प्रशासनले रकम उपलब्ध गराएको हो । ट्रम्पले आफूले कार्यभार सम्हालेपछि चाँडै रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू