अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 00:08

सिरियाका राष्ट्रपति असद रुसमा, सिरियाली नागरिकले मनाए खुशियाली

बिआरटीनेपाल २०८१ मंसिर २४ गते ६:१४ मा प्रकाशित

इस्लामिक विद्रोही समुहले सिरियामा कब्जा जमाएपछि देश छोडेर पलायन भएका सिरियाली राष्ट्रपति बशर अल असद रुसमा शरण लिन पुग्नुभएको छ ।विद्रोही समुहले सिरियाको एकपछि अर्को गर्दै सिरियाको विभिन्न शहर कब्जा गरेपछि राष्ट्रपति असद सपरिवार रुसमा शरण लिन पुग्नु भएको हो । रुसी सरकारी समाचार एजेन्सीहरुका अनुसार असद सिरियाबाट भाग्नासाथ रुसको मस्को पुगेको र रुसले असदको परिवारलाई शरण दिएको हो ।

रुसले सिरियाली नागरिकको हित र रुससँगको द्विदेशीय सम्बन्ध विकासका लागि वार्ता जारी राख्नुपर्ने सुझाव असदलाई दिएको छ । रुसले सदैव सिरिया संकटमा राजनीतिक समाधानको खोजी र आह्वान गर्दै आएका कारण असद रुसमा शरण लिन पुगेको बुझिएको छ ।यसैबीच सिरियाली राष्ट्रपति असदले सिरियाली विद्रोही समूह एचटीएससँग रुसबाटै वार्ताको प्रयास जारी राख्नु भएको छ । सिरियाली जनताको सुख शान्तिका लागि आफु जे पनि गर्न तयार भन्दै राष्ट्रपति असदले विद्रोही समुहसँग वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको हो ।

यता राजधानी दमास्कस कब्जामा लिएपछि विद्रोही नेता अबु मोहम्मद अल जौलानीले दमास्कस मस्जिदमा उत्साही भीडलाई सम्बोधन गरेका थिए । सम्बोधनकै क्रममा दशकौंदेखिको आफनो प्रयास सफल भएको भन्दै आफुहरुको चाहना असदको पतन रहेको खुलासा गरेका छन् । यता बशर अल असदको शासन पतनलाई सिरियाली नागरिकहरुले खुसीयाली मनाएका छन् । असदको शासन पतन भएको भन्दै सिरियाका नागरिकहरुले विश्वभर खुसीयाली मनाएका हुन् । विश्वरभर छरिएर रहेका सिरियाली नागरिकहरुले पनि खुशियाली मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू