अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 02:50

क्रान्तिकारी कम्युनिस्ट पार्टी बिचको एकता ऐतिहासिक महत्वको छ : मोहन वैद्य

बिआरटीनेपाल २०८१ मंसिर २३ गते ५:३३ मा प्रकाशित

क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिचको पार्टी एकता ऐतिहासिक महत्वको भएको विश्लेषण गर्नुभएको छ। कीर्तिपुरमा १० दिनदेखि चलिएरको एकता महाधिवेशनबाट वैद्यको पारित राजनीतिक दस्ताबेजमा पार्टी एकता ऐतिहासिक भएको विश्लेषण गर्नुभएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मसाल) बिच यही २०८१ साल वैशाख १८ गते एकता भएको थियो । यस एकताले नेपाली सर्वहारा वर्ग, क्रान्ति प्रेमी जनसमुदाय र नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी कम्युनिस्टहरूका बिच एकता चाहने शुभेच्छुकहरूलाई उत्साहित तथा प्रसन्न तुल्याएको वैद्यले दस्ताबेजमा लेख्नुभएको छ ।

साथै उहाँले क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गए पनि आत्मागत परिस्थिति प्रतिकूल रहेको वर्तमान समयमा यो एकताले क्रान्तिकारी कम्युनिस्टहरू गोलबन्द बन्दै छन् भन्ने नयाँ सन्देश प्रवाहित गरेको उल्लेख गर्नुभयो । ‘वस्तुतः नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध तुल्याउँदै क्रान्तिलाई नयाँ र सशक्त ढङ्गले अगाडि बढाउने दिशामा यस एकताको विशेष ऐतिहासिक महत्त्व रहेको छ । यो पार्टी एकता ऐतिहासिक आवश्यकताको अभिव्यक्ति हो ’, वैद्यको दस्ताबेजमा छ । उहाँले एकताका विचारधारात्मक, राजनीतिक तथा सांगठनिक आधार एवम् मान्यताका ८ आधार प्रस्तुत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू