अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 22:06

रवि लामिछानेको मानव अधिकार रक्षा गरियोस् : ज्ञानेन्द्र शाही

बिआरटीनेपाल २०८१ मंसिर २२ गते ७:२६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गर्नुभएको छ । शाहीले सामाजिक सञ्जालमार्फत यस्तो माग गर्नुभएको छ । ‘‘माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस्,’ शाहीले भन्नुभएको छ, ‘कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो ।’ उहाँले आजै पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर लामिछानेसँग भेट पनि गर्नुभएको छ । लामिछानेलाई भेटेर निस्कने क्रममा शाहीले चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने बताउनुभयो । सांसद शाहीले मानवअधिकारकर्मीसहित प्रहरी हिरासतमा पुगेको दाबी गर्नुभएको छ ।

प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुने उल्लेख गर्दै उहाँ थप्नुुहन्छ, ‘कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन । यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको ठहरिनेछ ।’ मानव अधिकारको उल्लंघन गर्न नहुने उहाँको आग्रह छ । उहाँ लेख्नुहुन्छ, ‘अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लंघन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू