अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 09:25

गगनलाई देउवाको व्यङ्ग्य, `बढी बाेल्नेले आफूलाई सिध्याउँछ´

बिआरटीनेपाल २०८१ मंसिर २२ गते ७:१४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गगन थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताउनुभएको छ । कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । कायृत्र,ममा त्यसअघि बोलेका महामन्त्री थापाले आफूले सभापति कम बोल्ने भएको कारण उहाँको पनि समय लिएर लामो समय बोलेको बताउनुभएको थियो । त्यसको विषयमा ठट्यौली शैलीमा मन्तव्य दिएका देउवाले भन्नुभयो, ‘बढी बोल्ने आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ’ ।

देउवाले यसो भन्दा हलमा हाँसो गुन्जिएको थियो । त्यसपछि देउवाले फेरि भने, माफ गर्नु होला मैले ठट्टा मात्रै गरेको । देउवाले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थायित्वका लागि सहकार्य गरेको बताउनुभयो । ‘ओलीजीसित हामीले सरकार बनाएका छौँ । स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनु परेको हो । दुई वटा पार्टी मिल्दा स्थायित्व हुन्छ,झ उहाँले भन्नुभयो, ओलीले काम पनि राम्रो गर्नुभएको छ । ढाँट्ने कुरा छैन । भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनु भएको छ । उहाँले ग्रान्ट लिएर आउने कुरा गर्नु भयो यसका लागि ओलीजीलाई धन्यवाद दिन चाहन्छु ‘।

देउवाले कुनै देशबाट नेपालले ऋण नलिएको पनि बताउनुभयो । ‘हामीले वर्ल्ड बैंक, आईएमएफ, एडिबीबाट मात्रै ऋण लिएका छौँ । कुनै देशबाट ऋण लिएका छैनौँ’,झउहाँले भन्नुभयो ।

प्रतिक्रिया