अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 22:25

धनगढीका मेयर हमाल अस्वस्थ भएपछि थप उपचारका लागि दिल्ली रेफर

बिआरटीनेपाल २०८१ मंसिर २२ गते ६:४३ मा प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि हमाललाई हिजो धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । आज उहाँलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ ।

हमालको दिमागको नसामा समस्या देखिएको डाक्टरले बताएका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमालको अवस्था खतरामुक्त रहेको तर यहाँ उपचार सम्भव नभएपछि दिल्ली रेफर गरिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू