अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 22:22

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०८१ मंसिर २२ गते ६:२० मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । राष्ट्रपति पौडेल गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी शनिबार अपराह्न डिस्चार्ज हुनुभएको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू