अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३
| Colorodo: 04:38
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई ) मा ऋणसम्बन्धी सम्झौता नभएको दाबी गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बीआरआई अन्तर्गतका योजना नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण हुने भन्दै ऋणसम्बन्धी सम्झौता नभएको बताउनुभएको हो ।
बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएसँगै सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले उत्साहित भएको छ भने कांग्रेसमा अन्योल देखिएको छ । नेपाली कांग्रेसका केही नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् । तर चीनमा सहमतिमै भाषा परिवर्तन गरेको र ऋणसम्बन्धी सम्झौता नभएको सभापति देउवाले बताउनुभयो ।