अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 16:29

एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित

बिआरटीनेपाल २०८१ मंसिर २० गते ३:५५ मा प्रकाशित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि विजयी भएको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले अपराजित यात्रा कायमै राखेको हो । पोखराले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै तीन विकेट गुमाएर भेटायो । जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाए । पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३८ रन बनायो । पोखराका मार्कस क्रिचलीले सर्वाधीक ३५ रन बनाए । जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए । पोखराको आज लगातार दोस्रो हार हो । जनकपुर ट अङ्कसहित शीर्ष स्थानमा छ । अङ्ककाे खाता खोल्न नसकेको पोखरा पुछारमा छ । एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू