अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 11:28

दक्षिण कोरियाका रक्षामन्त्री किमको राजीनामा स्वीकृत

बिआरटीनेपाल २०८१ मंसिर २० गते ३:५२ मा प्रकाशित

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफ्ना रक्षामन्त्री किम योङ–ह्युनको राजीनामा स्वीकार गर्नुभएको छ । रक्षामन्त्री किमले नै राष्ट्रपतिलाई सैनिक शासन लागू गर्न सुझाव दिनुभएको थियो ।किम योङ ह्युनले आज राजीनामा दिँदै सम्पूर्ण घटनाको जिम्मेवारी आफूले लिने बताउनु भएको बीबीसीले जनाएको छ । किम योङ–ह्युन एक सेवानिवृत्त सेना जनरल हुनुहुन्थ्यो ।

राष्ट्रपति युन र उहाँले एउटै विद्यालयमा पढेका खबरमा उल्लेख छ । यसअघि रक्षा मन्त्री किमले उत्तर कोरियाविरुद्ध कडा अडान लिएर संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको दीर्घकालीन गठबन्धनलाई बलियो बनाउने प्रयास गर्नुभएको थियो । विपक्षी डेमोक्रेटिक पार्टीले किम योङ ह्युनलाई देशद्रोहको आरोपमा महाभियोग लगाउनसमेत माग गरेको छ । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् ।

राष्ट्रपति युनले विश्वलाई चकित पार्ने गरी गएराति मार्सल कानून लागू गर्नुभएको थियो । तर त्यसको केही घण्टामा नै उहाँले सैन्य शासन लागू हुने मार्सल कानून फिर्ता गर्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू