अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 19:22

‘म नयाँ विद्रोहका लागि अगाडि बढें , सबैले साथ दिनोस्’ – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०८१ मंसिर १९ गते ६:३९ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ ढंगको जनविद्रोहका लागि आफू अगाडि बढेको बताउँदै त्यसमा साथ दिन सवैलाई आग्रह गर्नुभएको छ । गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले विद्रोहका लागि जनयुद्ध लडेका शक्तिलाई समेत एकजुट हुन आग्रह गर्नुभयो ।

‘मैले प्रतिनिधिसभाबाट फेरि विद्रोह सुरु गरिसकेँ । षड्यन्त्रकारीहरूले जालझेल गरेर आफ्ना शक्ति अगाडि बढाएका छन् । जनयुद्धमा जस्तै फेरि जनताको तागत देखाउने बेला आयो’, प्रचण्डले भन्नुभयो, ‘क्रान्तिकारी योद्धाहरूलाई संगठित गर्ने, सबै क्रान्तिकारी पार्टीहरूलाई एकजुट गर्ने सडकमा विशाल शक्ति ल्याएर षड्यन्त्रकारीहरूलाई परास्त गर्न म जनयुद्ध लडेका पार्टी र योद्धाहरूलाई अपिल गर्छु ।’

माओवादी जनयुद्ध जस्तो व्यवस्थित विद्रोह इतिहासमै नभएको उहाँले दाबी गर्नुभयो । दलाल नोकशाह, पुँजीपति, बिचौलिया जस्ता जनयुद्धलाई अपमानित र अवमूल्यन गर्ने विरुद्ध लाग्न फेरि एकपटक लड्नुपर्ने बेला आएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू