अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 15:03

एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता

बिआरटीनेपाल २०८१ मंसिर १९ गते ५:५८ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगमा एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता भएका छन् ।आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउनुभएको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक सय २० वटा उजुरी दर्ता भएका हुन् । एक वर्षमा नयाँ एक सय ९० र पुरानासमेत गरी तीन सय ६८ वटा उजुरीमाथि अनुसन्धान सम्पन्न भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानसम्बन्धी विषयमा एक सय ६१ वटा उजुरीगत सिफारिश र पाँच वटा नीतिगत सिफारिश गरेको प्रतिवेदनमा उल्लेख छ । दुई सय ७६ उजुरी तामेलीमा राखेको र १५ वटा उजुरी खारेज गरेको आयोगले जनाएको छ । आयोगले एक वर्षमा चार जनालाई दोषी किटान गरेको छ । यस्तै नौ जनालाई विभागीय कारबाहीको सिफारिश र ९० जना पीडित तथा पीडितका परिवारलाई क्षतिपूर्ति  उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिश गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू