अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२१ | Colorodo: 19:36

अफगानिस्तानमा दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइमा महिलालाई प्रतिबन्ध

बिआरटीनेपाल २०८१ मंसिर १९ गते ५:२४ मा प्रकाशित

तालिबान सरकारले अफगानी महिलाहरूलाई ‘मिडवाइफ’ अर्थात् दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइमा प्रतिबन्ध लगाएको छ । सत्तामा आएयता महिलाहरूविरुद्ध लगातार आदेश दिँदै आएको तालिबानले दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइ गरिरहेका महिलाहरूलाई कक्षामा नफर्किन भनेको बीबीसीले जनाएको छ ।बीबीसीका अनुसार अफगानिस्तानमा महिलाहरूका लागि शिक्षाका दुई वटा अन्तिम माध्यम थिए जुन अहिले तालिबान सरकारले बन्द गरिसकेको छ । अफगानिस्तानका पाँच वटा छुट्टाछुट्टै संस्थाहरूले पनि अर्काे सूचना नभएसम्म सेवा बन्द गर्न आफूहरूलाई निर्देशन दिइएको बताएका छन् ।

अनलाइनमा साझा गरिएका भिडियोहरूमा रोइरहेका देख्न सकिन्छ । यद्दपि बीबीसीले तालिबान सरकारको स्वास्थ्य मन्त्रालयसँग आधिकारिक रूपमा आदेशको पुष्टि गरेको छैन ।तालिबान सरकारले पाठ्यक्रम ‘इस्लामिक’ भएको सुनिश्चित गरेपछि शिक्षा शुरू गर्ने वाचा गरे पनि सन् २०२१ देखि किशोर–किशोरीहरू शिक्षाबाट वञ्चित छन् । यसैबीच अफगानिस्तानको स्वास्थ्य सङ्कट झन् बिग्रँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ मा अफगानिस्तानलाई देशको आवश्यकता पूरा गर्न थप १८ हजार जना दक्ष प्रसूतिकर्मी आवश्यक रहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू