अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 17:59

शेयर बजार दाेहाेराे अङ्कले बढेर २७ सय ७५ विन्दुमा, काराेबार रकम भने घट्याे

बिआरटीनेपाल २०८१ मंसिर १८ गते ६:११ मा प्रकाशित

शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ विन्दुमा पुगेको छ ।आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दिव्यश्वरी, इन्ग्वा, खानीखोला, जोशी र सुपर माई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्यान्डे हाइड्रोपावर कम्पनीको शेयर भने साढे नौ प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे १० अर्बको कारोबार भएकोमा आज तीन सय सात वटा कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर आठ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू