अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 01:26

अमेरिकी सहायकमन्त्री डोनाल्ड लु नेपाल आउने

बिआरटीनेपाल २०८१ मंसिर १८ गते ५:४७ मा प्रकाशित

अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार मंगलबारदेखि उहाँले दक्षिण एसियाली मुलुकहरूको भ्रमण सुरु गर्नुभएको छ। सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा आउने अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ।

नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेतृत्व तथा विभिन्न पार्टीका नेताहरुसँग छलफल गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू