अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 18:36

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

बिआरटीनेपाल २०८१ मंसिर १८ गते ५:२६ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो ।प्रतिवेदन पेश गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनमा आयोगले एक वर्षको गरेको काम र मुलुकको मानवअधिकारको अवस्थाका विषय समावेश गरिएको बताउनुभयो । उहाँले आयोगमा भएका उजुरीउपर भएका छानविन, अनुसन्धान, अनुगमन तथा नेपाल सरकारलाई गरेका सिफारिस समेत प्रतिवेदनमा समावेश गरिएको बताउनुभयो ।

अध्यक्ष मगरले उहाँले आर्थिक वर्ष २०८०/०८१मा आयोगका कार्यालयमा मानवअधिकारको उल्लङ्घन सम्बन्धि ११० उजुरी दर्ता भएको बताउनुभयो । उहाँले यो अवधीमा पुराना र नयाँ गरी ३६८ उजुरीको अनुसन्धान सम्पन्न भएको उल्लेख गर्नुभयो । उहाँले अनुसन्धानको विषयमा ३९ पटक बैठक बसी १६१ वटा उजुरी र नीतिगत सिफारिस गरिएको बताउनुभयो । उहाँले यो अवधीमा २७६ उजुरी तामेलीमा राखिएको १५ उजुरी खारेज गरिएको बताउनुभयो । उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू