अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 21:54

“१९७४ एडी” माछापुच्छ्रे साङ्गीतिक कार्यक्रम कोरियामा

अर्जुन बराल २०८१ मंसिर १७ गते ९:०६ मा प्रकाशित

सोल । “सङ्गठित समूह नै प्रदेशको सहारा हो” भन्ने मूल नाराका साथ स्थापित कास्की परिवार दक्षिण कोरियाले आपत्कालीन राहत कोष अभिवृद्धि सहयोगार्थका निम्ति विशेष साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको महानचाड सलनालको पहिलो दिन जनवरी २८ मा प्रख्यात ब्यान्डको साथमा माछापुच्छ्रे साङ्गीतिक भाग–४ कार्यक्रम प्रस्तुत गर्न लागिएको छ ।

कार्यक्रमले नेपाली कला, सङ्गीत र संस्कृति प्रवर्द्धन गर्नुको साथै भैपरि आउने समस्या समाधानका लागी आपत्कालीन राहत कोषलाई सुदृढ पार्न सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन् । यसै अवसरमा ब्लुज रक, रागाज, रक एण्ड रोल, रक सङ्गीत लगायतका विधामा परिचित नेपालको चर्चित रक ब्याण्ड “१९७४ एडी” मुख्य आकर्षणका रूपमा सहभागी हुँदैछ । नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउदै आएको १९७४ एडीको सहभागिताले कार्यक्रमलाई झनै विशेष बनाउनुको साथै कोरियामा रहेका नेपाली समुदायलाई मनोरञ्जन र आफ्नो संस्कृति प्रतिको गर्व महसुस गराउने अपेक्षा समेत गरिएको छ ।

कास्की परिवार दक्षिण कोरियाका अनुसार यस सांस्कृतिक कार्यक्रमले कोरियामा रहेका नेपालीहरूको एकतामा थप योगदान पुर्‍याउनेछ भने १९७४ एडीको ऊर्जा र प्रस्तुतिले कार्यक्रमलाई ऐतिहासिक बनाउने अपेक्षा गरिएको हुँदा कोरियामा रहेका सम्पूर्ण नेपालीलाई यस साङ्गीतिक लहरमा रमाउँदै आपत्कालीन राहत कोष अभिवृद्धिका निम्ति सहयोग गर्ने यो मौका नगुमाउन कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका समग्र नेपाली समक्ष अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू