अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 02:07

अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी

बिआरटीनेपाल २०८१ मंसिर १७ गते ६:४२ मा प्रकाशित

अवैध हतियार र कर मुद्दामा दोषी ठहर भएका छोरा हन्टर बाइडेनलाई माफी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना बढेको छ । आफ्नो र परिवारको फाइदाका लागि शक्तिको प्रयोग नगर्ने विगतको प्रतिबद्धता तोडेको भन्दै उहाँको आलोचना भएको बीबीसीले जनाएको छ ।बाइडेनले यसअघि छोरा हन्टरलाई माफी नदिने तर सजाय भने घटाउने बताउँदै आउनुभएको थियो । हन्टर डेलावेयर र क्यालिफोर्नियामा रहेका दुई वटा मुद्दामा दोषी ठहर भएका थिए । सन् २०१४ देखि विभिन्न मुद्दा खेपेका हन्टरले सन् २०२० देखि गम्भीर मुद्दाको सामना गरेका थिए ।

उनीविरुद्धका मुद्दामा राष्ट्रपति बाइडेनले हस्तक्षेप गर्ने र माफी दिने आशङ्का यसअघिदेखि गरिँदै आएकोमा बाइडेनले आफूले परिवारको बचाउका लागि शक्तिको दुरुपयोग नगर्ने दाबी गर्नुभएको थियो । तर आज बाइडेनले हन्टरलाई माफीको घोषणा गर्दै उनीविरुद्धको फैसला राजनीतिक प्रतिशोधका रूपमा आएको बताउनुभएको छ । अमेरिकामा अदालतले गरेको फैसला राष्ट्रपतिले उल्ट्याउन सक्ने व्यवस्था छ ।

यसैबीच अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले आफ्ना छोरा हन्टरलाई माफी दिएकोमा न्यायको स्पष्ट दुरुपयोग भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले हन्टरलाई माफी दिने हो भने अमेरिकी संसद् भवनमा जनवरी ६ मा भएको दङ्गामा सहभागी वर्षौंदेखि जेलमा रहेकाहरूलाई पनि माफी दिनुपर्ने बताउनुभएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू