अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 16:23

एनपिएलः अनिलको सानदार अर्धशतकीय इनिङ्समा जनकपुरको लगातार दोस्रो जित

बिआरटीनेपाल २०८१ मंसिर १७ गते ६:१८ मा प्रकाशित

नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हासिल गरेको छ। उद्घाटन खेलमा विराटनगरलाई हराएको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १ यस ४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५।१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। जनकपुरलाई सहज जित दिलाउने क्रममा ओपनरहरुले सानदार ओपनिङ गर्दै पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

आसिफ शेखसँग ८४ रनको साझेदारी गरेका अनिल साहले अर्धशतकीय इनिङ्स खेल्दै दोस्रो विकेटका लागि लाहिरु मिलन्थासँग ३३ रनको साझेदारी गरे। मिलन्था १३ बलमा २४ रन बनाएर आउट भएका थिए। त्यसपछि क्रिजमा आएका जिमी निसम र ओपनर अनिलले बाँकी खेल सकाएका थिए। निसमले १६ रन बनाउँदा कप्तान अनिलले ४१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६२ रनको अविजि इनिङ्स खेले। कर्णालीका लागि जेसन मक्सुद र मौसम ढकालले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले जितका लागि १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो। खराब सुरुवात गरेको कर्णालीले ३५ रन जोड्दा पाँच विकेट गुमाए पनि मध्यक्रमले इनिङ्स सम्हाल्दा प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भयो। कर्णालीले जारी संस्करणको उच्च स्कोर बनाउँदा उसका ब्याटरहरु अर्जुन घर्ती र सोमपाल कामीले विष्फोटक ब्याटिङ गरे। उनीहरुले अन्तिम २ ओभरमा विष्फोटक ब्याटिङ गर्दै ४२ रन बनाएका थिए।

अर्जुन घर्तीले २२ बलमा ३३ रन बनाउँदा कप्तान सोमपाल कामीले १३ बलमा २९ रनको विष्फोटक इनिङ्स खेले। कर्णालीका लागि सर्वाधिक रन भने गुल्सन झाको नाममा रह्यो। उनले २७ बलमा ३६ रन बनाउँदा शिखर धवनले १४ र बाबर हायतले १२ रन बनाएर आउट भएका थिए। जनकपुरका लागि मोहम्मद मोहसिनले २ विकेट लिँदा किशोर महतो, ललित राजवंशी, हर्ष थकर र जेमी निशमले १–१ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू