अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 02:11

जर्जीयामा सरकार विरोधी प्रदर्शन उग्र

बिआरटीनेपाल २०८१ मंसिर १७ गते ६:१४ मा प्रकाशित

युरोपेली मुलुक जर्जियामा सरकार विरोधी प्रदर्शन उग्र बनेको छ । राजधानी तिबिलीसीमा आइतबार लगातार चौथो रातमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो ।जर्जीया युरोपेली संघमा सामेल हुने वार्ता स्थगित गर्ने सरकारको निर्णयको विरोधमा देशभर प्रदर्शन फैलिएको छ । सत्तारुढ जर्जियन ड्रीम पार्टी र विपक्षीहरू बीच महिनौंदेखि तनाव बढिरहेको छ । सत्तारुढ पार्टी अधिनायकवादी बनेको, पश्चिम विरोधी तथा रुस समर्थक नीतिहरू अवलम्बन गरेको आरोप विपक्षीहरुको छ ।

३७ लाख जनसंख्या रहेको सानो मुलुक जर्जीया इयुमा सामेल हुने कि नहुने भन्ने विवाद चलिरहेको छ । सरकारले इएयुमा आवद्ध हुने वार्तालाई कम्तीमा चार वर्षका लागि यथास्थानमा राख्ने घोषणा गरेपछि संकट गहिरो भएको छ । देशका राष्ट्रपति विपक्षीहरुको साथमा उभिएका छन् भने प्रधानमन्त्री नयाँ निर्वाचन गराउन तयार छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू