अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 09:33

रवि लामिछानेको बयान सकियो, मंगलबार पोखरा पठाइने

बिआरटीनेपाल २०८१ मंसिर १७ गते ६:०१ मा प्रकाशित

सहकारी ठगीको आरोपमा पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंको बयान सकिएको छ ।काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको भन्ने उजुरीमा अनुसन्धानका क्रममा लामिछानेसंग लिइएको बयान सोमबार तेस्रो दिन सकिएको हो ।गत बिहीबार पोखराबाट काठमाडौं ल्याइएका लामिछानेसँग गत शुक्रबार र आइतबार पनि बयान लिइएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले स्वर्णलक्ष्मी सहकारी सम्बन्धमा बयान सकिएको जनाएको छ । काठमाडौंको बयान सकिएकाले लामिछानेलाई मंगलबार पुनः पोखरा लगिने छ । पोखराबाट लामिछानेलाई अर्को बयानका लागि चितवन लगिनेछ छ ।

चितवनको सहारा सहकारीको रकम हिनामिना गरेको आरोप पनि लामिछानेमाथि लागेको छ भने चितवन जिल्ला प्रहरी कार्यालयले पक्राउ पूर्जी जारी गरिसकेको छ । यसैबीच, रास्वपा सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटमा भने सोमबार पनि सुनुवाई हुन सकेन । महान्यायाधीवक्ताको कार्यालयले मुद्दा अघि नबढाउने गरी थन्क्याएको ११ महिनापछि उक्त मुद्धा पेशीमा चढाइएको थियो । तर सोमबार उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । न्यायाधीशद्वय हरि फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सुनुवाई अघि बढ्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू