अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 18:06

धान र चामलको आयात निरन्तर घट्दै

बिआरटीनेपाल २०८१ मंसिर १६ गते ५:५३ मा प्रकाशित

नेपालमा धान र चामलको आयात निरन्तर घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार विगत तीन वर्ष यता धान चामलको आयातमा गिरावट आएको हो ।आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १४ अर्ब ४३ करोड रुपैयाँले कम हो । ०७८/०७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँको धान र चामल आयात भएको थियो । यो वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ९२ करोडको धान र चामलको आयात कम भएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा ८०/०८१ मा क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको सरकारी तथ्यांक छ । आर्थिक २०८०/०८१ मा धानको कुल उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको थियो । नागरिकहरु विदेश जाने क्रम तीब्र हुँदा समग्र उपभोग घटेकाले आयात घटेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू