अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 12:52

अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनको कडा आपत्ति

बिआरटीनेपाल २०८१ मंसिर १६ गते ५:४९ मा प्रकाशित

अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर अमेरिकाले ताइवानलाई हतियार बेच्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै यसको दृढ प्रतिरोध गर्ने चेतावनी दिएको छ ।ताइवान आफ्नो भूमि भएको र यसको स्वतन्त्रता जस्तो आत्मघाती अभियानमा अमेरिकाले साथ दिनु दुर्भाग्यको विषय भएको पनि चीनले जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले ताइवानमा एफ–१६ लडाकु जेट र राडारका लागि पाटपुर्जा बेच्न स्वीकृति दिइएको जनाएको छ । यसको मूल्य ३ सय ८५ मिलियन डलर रहेको छ । ताइवानका राष्ट्रपति कुटनीतिक सहयोगीहरूको भ्रमणमा जानुअघि अमेरिकाले यस्तो निर्णय गरेको हो । चीनको विदेश मन्त्रालयले अमेरिकाले ताइवानलाई हतियार बिक्री गरेर युद्धलाई निम्ता दिइरहेको  भन्दै यसले  अमेरिका–चीन सम्बन्धलाई कमजोर बनाउने बताएको छ । आफ्नो भूमि ताइवानमा अमेरिकाले गर्ने कुनै पनि आधिकारिक आदानप्रदान गर्न नपाउने चीनले सचेत गराएको छ ।

ताइवानलाई सहयोग गर्ने देश र समूहलाई चीनले पृथकतावादीको संज्ञा दिँदै आएको छ । अमेरिका र ताइवानबीच औपचारिक कुटनीतिक स्थापना भएको छैन तर अमेरिकाले ताइवानलाई निरन्तर सैन्य–आर्थिक सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू