अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 18:13

नेप्से झन्डै १० अङ्कले घट्याे, विशाल बजार र ४ वटा विकास बैंककाे शेयरमा सकारात्मक ‘सर्किट’

बिआरटीनेपाल २०८१ मंसिर १६ गते ५:४६ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार झन्डै १० अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य ६ विन्दुमा झरेको छ ।आज विकास बैंक, होटल र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशत र नेपाल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज तीन सय १४ वटा कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर आठ अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एक्सेल विकास बैंकको ३४ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू