अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 01:47

न्योयोर्कमा निःशुल्क खाद्यान्न वितरण

बिआरटीनेपाल २०८१ मंसिर १५ गते १०:३६ मा प्रकाशित

वुडसाईड, न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले हिजो न्युयोर्क उडसाईडस्थित आफ्नै कार्यालय परिसरमा निःशुल्क खाद्यान्न वितरण गरेको छ । अमेरिकाको न्यूयोर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा अमेरिकाको ठुलो चाडपर्व मध्ये एक, थ्यांग्स गिभीगं डे (धन्यवाद दिवस)को अवसरमा १५० जनालाई निःशुल्क खाना, फ्रोजन चिकेन, फलफुलसहित तरकारी बाँडेको हो ।

फाउन्डेसनले अमेरिकाभर सामाजिक कामहरू गर्दै आइरहेको छ । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौँ’ गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने, ‘फाउन्डेसन मार्फत सामाजिक कामहरूमा हामीले तीव्रता दिँदै आइरहेका छौँ ।’

सो वितरण कार्यक्रममा फाउन्डेसन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाको सकृयतामा स्वयंसेवकहरूको परिचालन गर्दै यसै फाउन्डेसनका कृयाशील सदस्यहरू क्रमशः जीवन कुमार श्रेष्ठ, अमिता श्रेष्ठ, निर्मला बराल, पासाङ शेर्पा गोपर्मा, लाक्पा शेर्पा, सन्तोष बस्नेत, ध्रुव ज्योति श्रेष्ठ, दीपक रायमाझी, आदित सिवाकोटी, योगेन्द्र अधिकारी लगायतका समाजसेवी महानुभावहरूले यथासक्य स्वयंसेवकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यस फाउन्डेसनको सामाजिक कार्यहरूको मूल्याङ्कन गर्दै अमेरिकी सिनेटका बहुमत नेता चक सुमर, सङ्घीय काँग्रेस सदस्य ग्रेस मेंग, न्युयोर्क सहरका मेयर ऐरिक अडम्स, पुर्व मेयर बिल दे ब्लाजियो, न्युयोर्क सहरका कम्पट्रोलर ब्राड ल्यान्डर, सिटी काउन्सिलकी सभामुख एन्ड्रिएन एडम्स, न्युयोर्क सहरका सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, क्वीन्स जिल्ला महाअधिवक्ता मेलिन्डा काट्ज, ब्रुक्लीनबोरो प्रेसिडेन्ट अलफ्न्सो रेनोसो, क्वीन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्स, न्युयोर्क राज्यका सेनेटरहरु जोल लु, लेरोय कामरी र माईकल जियानारिस, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु सहाराना श्रेष्ठ, जेनिफर राजकुमार, स्टीभन रागा, अलिसिया हाईन्डमेन, डेभिड वेपरिन, खलील ऐन्डरसन र क्याटालिना क्रुज र न्युयोर्क सहरका सिटी काउन्सील मेम्बरहरू जुली वन, शेखर कृष्णन, लिन्डा ली र सान्ड्रा उङ लगायतका निर्वाचित पदाधिकारीहरुले यसै फाउण्डेशनलाई उद्धरण र उद्घोषणाको साथ सम्मान पत्रले पुरस्कृत गर्नु भएको छ ।

यस फाउन्डेसनले विभिन्न समुदायका लगभग तिसहजार जना भन्दा बढीमा सेवा पुराएको अनुमान छ।”सेवा नै धर्म” हो भन्ने नाराका साथ फाउन्डेसन समाज सेवामा समर्पित भएर अघि बढी रहेको छ । हामी सबैको दुख-सुखको साथी बन्दै अगाडी बढ्ने प्रण गर्दछौ । आउनुहोस, हातेमालो गर्दै सहकार्य गरौँ ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीकी कार्यकारी निर्देशक जेनी पर्साउद, जसले आजको खाद्यान्न उपलब्ध गराई फाउन्डेसनसँग सहकार्य गरेकोमा उहालाई धन्यवाद एवं आभार प्रकट गर्दछ।

प्रतिक्रिया