अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 23:22

सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा

बिआरटीनेपाल २०८१ मंसिर १५ गते ८:१० मा प्रकाशित

सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा लिएका छन् । बेलायतमा आधारित निगरानी समूह सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार हिजो बेलुकासम्म विद्रोहीहरूले शहरको आधाभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन् ।सिरियाली सरकारविरुद्ध वर्षौंदेखि भइरहेको आक्रमणमध्ये हिजोको आक्रमण सबैभन्दा ठूलो हो । सन् २०१६ मा सरकारी सेनाले जबरजस्ती हटाएपछि विद्रोहीहरू पहिलो पटक अलेप्पो पुगेका छन् ।

इस्लामिक लडाकु समूह हयात तहरीर अल–शाम (एचटीएस सँगसम्बद्ध एक च्यानलमा पोस्ट भएको भिडियोमा विद्रोही लडाकुहरू शहर भित्र गाडीमा घुमिरहेको देखिएको छ । सयौँ मानिसहरु शहर छाडेर भागेका छन् ।सरकारले भने अलेप्पोलाई पुन नियन्त्रणमा लिन कारबाही शुरू भइसकेको जनाएको छ । सिरियामा राष्ट्रपति बसर अल अशदविरुद्ध सन् २०११ मा शुरू भएको आन्दोलन अहिले विभिन्न समूहको सशस्त्र विद्रोहसम्म पुगेको छ ।

गृहयुद्धमा ५० हजार जना भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सिरियाको सरकारी सेनालाई रुसको साथ छ । फ्रि सिरियन आर्मी नामक अर्को विद्रोहीलाई अमेरिका र बेलायत लगायतको साथ रहेको छ ।टर्की टुक्राउने मागसहित विद्रोह गरिरहेको कुर्दिस लडाकु फोर्स पनि सिरियामा सक्रिय रहेका कारण टर्कीले पनि आक्रमण गरिरहन्छ । आईएसका लडाकुबाट खतरा रहेको भन्दै इजरायलले पनि सिरियामा आक्रमण गर्दै आएको छ । टर्कीमा आन्तरिक युद्ध मात्रै नभइ विभिन्न देशहरुको समेत प्रवेश भएकाले युद्ध रोकिने कुनै सम्भावना देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू