अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७
| Colorodo: 22:52
गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा दुई करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जानएको छ ।
फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा बनाएको थियो । त्यहाँ अहिले झन्डै चार सय पूर्णकालिन कर्मचारी कार्यरत छन् । सिन्ह्वाका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ । जसले आउँदो दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा कम्पनीले गरेको छ ।