अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 11:47

कांग्रेसले झुटो कुरा बोल्यो – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०८१ मंसिर १५ गते ७:५७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गर्नुभएको छ । शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्नुभयो । कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाबी उहाँले गर्नुभयो ।

अध्यक्ष प्रचण्डले समाजमा पीडामा भएका र सेवाको आवश्यक भएका सबैको अभिभावकत्व यथार्थमा राज्यले र सरकारले लिनुपर्ने भएपनि सरकार अहिले एकथोक भनेर अर्कै काम गरिरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू